Saturday, July 18, 2026
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

विना इजाजत र अस्वस्थकर मासु विक्रिवितरण गर्ने कुश्माका ९ वटा मासु पसलमा शिल

Okalat by Okalat
February 7, 2024
in Top News, अधिकार, जीवनशैली, समाचार
0
विना इजाजत र अस्वस्थकर मासु विक्रिवितरण गर्ने कुश्माका ९ वटा मासु पसलमा शिल
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, २४ माघ
पर्वतको सदरमुकाम कुश्माबजारका ९ वटा मासु पसलमा कुश्मा नगरपालिकाले शिलबन्दी गरेको छ ।
मापदण्ड विपरित सञ्चालन भएको भन्दै ९ वटा मासु पसलमा सिलबन्दी गरिएको हो । कुश्मा नगरपालिका वडा नं. ४ र ७ का १६ वटा पसलको अनुगमन गरिएकोमा ९ वटामा तोकिएको मापदण्ड पुरा नभएको पाईएपछि सिलबन्दी गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । पटक पटक सुधार गर्न अनुरोध गरिएपनि अटेर गरेपछि सिलबन्दी नै गर्नुपरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. रुपक कँडेलले जानकारी दिनुभयो ।
कुश्मा नगरपालिकाको पशु सेवा शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतका निकायको सहभागितामा मासु पसलको अनुगमन गरिएको हो । मासु पसलमा हुनुपर्ने प्रर्याप्त सरसफाईको अभाव, भित्ताहरुमा लगाउनुपर्ने टायल नलगाएको, मासु काट्ने, भण्डारण गर्ने, नापतौल लिने औजारमा कैफियत देखिएको शाखा प्रमुख डा. रुपक कंडेलले जानकारी दिनुभयो ।
शिलबन्दी गरिएका मासु पसलमा राजु दाईको फ्रेस हाउस, प्रधान फ्रेस हाउस, नितिन फ्रेस हाउस, छविलाल फकामी मगरको मासु पसल, कुश्मा मासु पसल, दुर्लुङ फ्रेस हाउस, चाहना फ्रेस हाउस लगायतका पसल सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनको क्रममा कतिपय पसल दर्ता नै नगरेको समेत फेला परेको छ । अनुगमन टोलीले मापदण्ड नपुगेका पसललाई एक हप्ताको समय दिएर सुधारको लागि सुझाव दिएको डा. कँडेलले जानकारी दिनुभयो । उहाँले मानिसको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न नहुने भन्दै मापदण्ड नपुगे सम्म कुनै पनि मासु पसलको शिलबन्दी नखोलिने जानकारी दिनुभयो । यदि अटेर गरेर मासु पसल संचालनमा ल्याएमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत अनुगमन टोलीले दिएको छ । नगरपालिकाले नियमित रुपमा अन्य पसलहरुमा पनि अनुगमन गर्दै जाने जानकारी दिएको छ ।

व्यवसायीको छुट्टै गुनासो

अनुगमनका क्रममा पर्वतका मासु व्यवसायीहरुको गुनासो भने भिन्दै छ । पछिल्लो गण्डकी प्रदेशले मासु पसल व्यवस्थापनका लागि ल्याएको कार्यविधि अनुरुप अधिकांश भन्दा बढी पसलहरु सञ्चालनमा नरहेको अनुगमनबाट पाइएपछि कार्यविधि माथि व्यवसायीहरुले प्रश्न उठाएका छन् । मासु पसलमा विशेषगरी जिविकोपार्जनका लागि मात्रै व्यवसाय गरेर गुजारा टार्ने परिवारको संख्या बाहुल्यता रहेको पाइन्छ । व्यवसायीहरुले अनुगमनका क्रममा साना व्यवसायीहरुलाई सरकारले बन्द गराएर रोजिरोटी खोस्न खोजेको समेत आरोप लगाए । दुर्लुङचोकमा होटल सँगै दुर्लुङ फ्रेस हाउस सञ्चालन गरी व्यवसाय सञ्चालन गर्दै आएका नारायण क्षेत्रीले आफुले व्यवसाय दर्ता गरेपनि सञ्चालन गर्न नपाएको गुनासो गर्नुभयो । अनुगमन टोलीले उहाँले सञ्चालन गरेको व्यवसाय मापदण्ड अनुसार नभएको भन्दै शिलबन्दी गरेको थियो । क्षेत्रीले शुरुमा मापदण्ड हेरेर मात्रै इजाजत दिनुपर्नेमा इजाजत दिइसकेपछि आफ्नो व्यवसाय बन्द गरेको दुखेसो गर्नुभयो ।
मापदण्ड अनुसार मासु पसलको क्षेत्रफल, सरसफाई, टायल लगायतका कुराहरुलाई विशेष रुपमा जोड दिइएको छ ।

कस्तो मासु खाने ? कस्तो मासु नखाने ?

चिकित्सकहरुका अनुसार सन्तुलित आहाराको एक महत्वपूणर् तत्व हो- मासु । हुन त मासुबिना पनि सन्तुलित भोजन बन्छ । तर मासुका आफ्नै गुण छन् । विशेषतः मासुमा प्रोटिन, भिटामिन बि-१२ तथा फलामको मात्रा उच्च हुन्छ । हाम्रो शरीरले अन्य खानेकुरा भन्दा मासुमा रहेको फलाम बढी सोस्न सक्छ अर्थात् मासुमा हुने फलाम मानव शरीरलाई बढी उपलब्ध हुन्छ। रक्तअल्पता भएका मानिसलाई रातो मासु उत्तम खुराक हो । कुपोषण, पुड्कोपना तथा खाद्य असुरक्षाजस्ता समस्या शीघ्र समाधान गर्ने उपाय पनि मासुको उपभोग हो । सबैले बुझ्ने भाषामा भन्दा शरीरलाई तन्दुरुस्त राख्न मासुले निकै महत्वपूणर् सहयोग गर्छ। देशको सामाजिक-आर्थिक विकास तथा गरिबी निवारणका लागि पशुपालन महत्वपूणर् व्यवसाय बनेको छ र यसको प्रवद्र्धन गर्न मासु तथा मासुजन्य उत्पादनको प्रयोग वृद्धि अत्यावश्यक छ ।
मासु कति खाने ?
धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तै मासुको जथाभावी उपभोगले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा सन्तुलित रूपमा खानुपर्छ। आफ्नो खानामा दैनिक रूपमा मासु समावेश गर्दा यसले बढी फाइदा दिन सक्छ। कृषि तथा खाद्य संगठनले नेपालीलाई वर्षभरिमा न्यूनतम १४ किलोग्राम मासु चाहिने जनाएको छ। यसअनुसार हरेक दिन करिब ४० ग्राम मासु खानामा हुनुपर्छ।
कस्तो मासु खाने ?
निःसन्देह हामीले खाने मासु स्वच्छ र स्वस्थ हुनु पर्छ। मानिसमा लाग्ने रोगहरूमध्ये ६० प्रतिशत जुनोटिक हुन्छन्। जुनोटिक भन्नाले पशुपन्छीबाट मानिस र मानिसबाट पशुपन्छीमा सर्ने रोग हो। क्षयरोग, रेबिज, साल्मोनेलोसिस, ब्रुसेलोसिस, फित्ते जुकाजस्ता रोगहरू मासुबाट सर्ने जुनोटिक रोग हुन्। राम्रोसँग पकाएर खाँदा यी रोगका किटाणु नष्ट हुने भए पनि काँचो मासुसँग सम्पर्क हुँदा यी रोग सर्न सक्छन्। मासु नाशवान उत्पादन भएकाले सामान्य तापक्रकममा पनि यसको गुणस्तर छिट्टै बिग्रिन्छ।
सामान्य वातावरणीय तापक्रममा मासुमा विभिन्न जीवाणु उत्पन्न हुन जान्छन् र तिनले विभिन्न विषाक्त तत्व उत्पादन गर्छन्। जसका कारण मासु विषाक्त हुन गई हामीलाई ‘फुड पोइजनिङ‘ हुन जान्छ। यसबाहेक अस्वस्थ मासुबाट हामीले न्यून मात्रामा मात्रै पौष्टिक तत्व पाउन सक्छौं। पशुमा प्रयोग हुने एन्टिबायोटिकलगायत अन्य औषधिका अवशेष नष्ट हुने समयको पालना व्यवसायीले नगर्दा त्यस्ता औषधि मासुमार्फत मानव शरीरमा प्रवेश गर्छन्। समयक्रमसँगै त्यस्ता औषधिप्रति जीवाणुहरूले सहन क्षमता विकास गर्छन्। जसले गर्दा मानिसमा ती औषधि प्रभावहीन हुन जान्छन्। यो समस्या अहिलेको प्रमुख हो र यसका कारण बर्सेनि लाखौं मानिसले ज्यान गुमाउनुपरेको छ। यस्तै फर्मालिनमा संरक्षण गरी राखिएका माछा खाँदा क्यान्सरलगायत रोग लाग्न सक्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
यी रोगहरूबाट बच्न मासु वा खसी खरिद गर्दा ध्यान दिनुपर्छ। वधस्थल सफा रहेको, मासु चिस्यानका लागि व्यवस्था भएको, प्राविधिकबाट परीक्षण गरिएका पशुहरू वध गर्ने, सफासुग्घर र स्वस्थ कर्मचारी रहेको, झिँगालगायत किराहरू रोकथाम उपाय अपनाइएको, पशु वध गर्दा निस्किने फोहोर व्यवस्थापन भएको, मापदण्डअनुसारको पानी प्रयोग गरिएको, मासु काट्न उच्च गुणस्तरका खुकुरी, अचानोलगायत सामाग्री प्रयोग गर्ने र उपभोक्ताप्रति जिम्मेवार बिक्रेताबाट मासु खरिद गर्दा स्वच्छ मासु पाइने सम्भावना बढी रहन्छ। सकेसम्म मासु पसलबाटै मासु खरिद गर्नुपर्छ, तर तपाईं खसी वा अन्य पशु किनेर घरमा वा टोलमै वध गर्ने सोच बनाउँदै हुनुहुन्छ भने पशु खरिद गर्दा ध्यान दिनुपर्छ। रोग नलागेको, हृष्टपुष्ट, चनाखो, नाक ओसिलो भएका पशु छनोट गर्नुपर्छ। सक्नुहुन्छ भने पशु चिकित्सक वा प्राविधिकहरूबाट परीक्षण भएका पशु खरिद गर्दा ढुक्क हुने अवस्था रहन्छ।
आफूले खाइरहेको मासुको स्रोत (पशुपन्छी उत्पादन स्थान, उत्पादन प्रक्रिया, रोगको इतिहास इत्यादि) थाहा पाउन सके त्यो सबैभन्दा उत्कृष्ट हुन्छ। माछा किन्दा सकेसम्म जिउँदो किन्ने वा जिउँदो नपाइए फ्रोजन गरिएको किन्नुपर्छ ।

Previous Post

नाग्लिवाङ सेवा समाज काठमाण्डौको अध्यक्षमा केसी

Next Post

कुश्माका मासुपसल सुधारोन्मुख

Okalat

Okalat

Related Posts

Top News

ट्याक्टर दुर्घटनामा परी दुई युवाको मृत्यु, एक घाईते

July 18, 2026
Auto Draft
Top News

घ्याकर खोलामा लेदोयुक्त बाढीपछि जोमसोम–कोरला सडक अवरुद्ध

July 17, 2026
प्रबिधिमैत्री शिक्षाका लागि मोदीका बिद्दालयमा स्मार्टबोर्ड
Top News

प्रबिधिमैत्री शिक्षाका लागि मोदीका बिद्दालयमा स्मार्टबोर्ड

July 6, 2026
प्रहरीको अभियान प्रभावकारी : एक सातामै १९ थान भरूवा बन्दुक बरामद
Top News

प्रहरीको अभियान प्रभावकारी : एक सातामै १९ थान भरूवा बन्दुक बरामद

July 4, 2026
मोदी गाउँपालिकाद्वारा विद्यालय कर्मचारी र इसिडी सहजकर्ताको सेवा–सुविधामा वृद्धि
Top News

मोदी गाउँपालिकाद्वारा विद्यालय कर्मचारी र इसिडी सहजकर्ताको सेवा–सुविधामा वृद्धि

June 30, 2026
चितुवाको आतंकः महाशिलामा खोरमै पसेर ७ वटा बाख्रा मार्‍यो
Top News

चितुवाको आतंकः महाशिलामा खोरमै पसेर ७ वटा बाख्रा मार्‍यो

June 27, 2026
Next Post
कुश्माका मासुपसल सुधारोन्मुख

कुश्माका मासुपसल सुधारोन्मुख

No Result
View All Result

Recent Posts

  • ट्याक्टर दुर्घटनामा परी दुई युवाको मृत्यु, एक घाईते
  • घ्याकर खोलामा लेदोयुक्त बाढीपछि जोमसोम–कोरला सडक अवरुद्ध
  • प्रबिधिमैत्री शिक्षाका लागि मोदीका बिद्दालयमा स्मार्टबोर्ड
  • प्रहरीको अभियान प्रभावकारी : एक सातामै १९ थान भरूवा बन्दुक बरामद
  • मोदी गाउँपालिकाद्वारा विद्यालय कर्मचारी र इसिडी सहजकर्ताको सेवा–सुविधामा वृद्धि

Archives

  • July 2026
  • June 2026
  • May 2026
  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

ट्याक्टर दुर्घटनामा परी दुई युवाको मृत्यु, एक घाईते

July 18, 2026
Auto Draft

घ्याकर खोलामा लेदोयुक्त बाढीपछि जोमसोम–कोरला सडक अवरुद्ध

July 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT