माननीय जिल्ला न्यायधिश सरुवाको विषयमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको छ । पर्वत जिल्लामा कार्यरत जिल्ला न्यायधिश सरुवा भएपनि हाल सम्म कार्यक्षेत्रमा नै रहेको र सरुवा भएर पर्वत कार्यक्षेत्र तोकिनुभएका न्यायधिश प्रकाश ढुंगाना पनि अछाममा कार्यक्षेत्रमा नै रहेका कारण मात्रै इजलासबाट मुद्धा सुनुवाई नभएको तर थुनछेकका मुद्धाहरु दैनिक रुपमा सञ्चालन भइरहेको कुरा जानकारी गराउन चहान्छौँ । समाचारबाट पर्न गएको भ्रम प्रति क्षमा चाहान्छौँ ।








