पर्बत, २२ बैशाख
इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिङ्कले ग्राहकसङ्ग मनोमानी पैसा असुल्ने गरेको पाईएको छ ।
कुश्मा बजार स्थित सेवा प्रयोगकर्ता सन्तोष थापाले आफुले स्थानान्तरण नगरेपनि स्थानान्तरण चार्ज भन्दै लिने गरेको गुनासो गरे ।
बार्षिक सेवा नविकरण गरेको ४ महिना नबित्दै सेवा अबरूद्ध भएपछि ग्राहक सेवा केन्द्रमा खबर गर्दा सिफ्टिङ चार्ज भन्दै १ हजार १ सय ३० रूपैया तिर्न भनेको थापाले बताए । आफुले करिब ३ बर्षदेखि एकै स्थानमा रहेर ईन्टरनेट प्रयोग गर्दा पनि उक्त रकम अबैध तबरबाट माग गरिएको थापाको भनाई छ । यस बिषयमा वर्ल्ड लिङ्कको सम्पर्क कार्यालय कुश्मामा आफै उपस्थित भएर गुनासो राख्दा समेत एक हप्तादेखि समस्या समाधानमा वास्ता नगरेको उनले बताए ।









