पर्वत १६ वैशाख
सामाजिक सेवा भावका साथ २०१३ सालमा स्थापना भएको पर्वत समाज यूएईले निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरी सम्पन्न गरेको छ । अप्रिल २६ का दिन समाजले युएइमा उक्त शिविर सम्पन्न गरेको हो ।
समाजका महासचिव जगदिश शर्माले दिएको जानकारी अनुसार उक्त शिविरमा पर्वत लगायत युएईमा रोजगारीको शिलशिलामा रहेका १ सय ६८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविर सञ्चालनका लागि युएईमा नै पहिलोपटक नेपालीद्वारा स्थापना भएको निको पोलिक्लिनिकले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । उक्त शिविरमा पोलिक्लिनिकका विशेषज्ञ चिकित्सकहरुले परीक्षण गरेका थिए । शिविर सम्पन्न पश्चात् समाजले शिविर सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने प्राविधिक सहयोग उपलब्ध गराउने निको पोलिक्लिनिक लगायत संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
समाजका अध्यक्ष पूर्ण भूसालले धन्यवाद ज्ञापन गर्दै “मानव सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसात गर्दै भोलिका दिनमा समाजका लागि अझ प्रभावकारी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।








