पर्वत, ८ चैत्र
शुक्रबार आएको हाबाहुरीले पर्बतको कुश्मा बजारका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । शुक्रबार बिहानैदेखि आएको हाबा हुरीका कारण कुश्मा बजारका विभिन्न होटल ब्याबसाय तथा पर्यटन ब्यबसायमा क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार कुश्मा बजारमा सञ्चालनमा आएको हार्नेस जिपलाईन प्रालिद्वारा सञ्चालित जिपलाईनको रेष्टुरेण्ट माथि राखिएको छाना उडाएको छ भने सो सँगै लाखौँ मुल्यको डिस्प्ले टेलिभिजनमा समेत क्षति पुर्याएको छ । त्यस्तै कुश्मा बजारमा नै सञ्चालित सिटि कर्नर कटेज एण्ड रेष्टुरेण्टको झ्याल ढोका लगायत विभिन्न भागहरूमा क्षति पुर्याएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार ट्राफिक प्रहरीले बजारमा राखेका विभिन्न होडिङ बोर्ड नोपार्किङ बोर्डमा समेत क्षति पुर्याएको छ । सो सँगै कुश्मा बजार भित्र रहेका व्यवसाय तथा घर हरुमा हावाहुरीले क्षति पुर्याएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्ला विपत व्यवस्थापन समितिको केही दिन अघि बसेको बैठकले जिल्लामा विपद् सम्बन्धमा भएका घटनाका बारेमा आपतकालिन अवस्थामा समेत छलफल गरेर समाधान गर्न सकिने गरी निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले जानकारी दिनुभयो ।









