पर्वत, १२ चैत
पर्वतमा औलो निवारणको चरणमा रहेको छ । विश्व औलो दिवशको अवसरमा सरोकारवालाको बिचमा गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले औलो निवारणमा ठूलो सफलता हासिल गरेको जनाएको छ । विगत दुई वर्षमा औलोका एकजना पनि बिरामी नदेखिएको हुनाले निवारणको चरणमा पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोस पौडेलले जानकारी दिनुभयो ।
२०७८ सालमा पर्वतमा अन्य देशबाट आएका दुइजनामा औलो रोग देखिएपनी त्यसयता संक्रमण नदेखिएको पौडेलले बताउनुभयो । औलोको लक्षण अरु रोग संग मिल्दोजुल्दो देखिने भएकाले रक्त परिक्षण गरेर मात्र रोग पत्ता लगाउन उहाँले स्वास्थ्यकर्मी लाई आग्रह गर्नुभयो । बिशेष गरि निजि क्लिनिकहरुले औषधि मात्र दिने तर रगत जाचमा बिरामी नपठाउने समस्या रहेकोले ब्याबसायी लाई सजग रहन अनुरोध गर्नुभयो । परिक्षणको दायरा बढाउने र रोग फैलिन नदिने उपाय अपनाउन सकेमा औलो शुन्यमा झार्न सकिने पौडेलले बताउनुभयो । पर्वत अस्पतालका मेडिकल अधिकृत डा. दिपक रेग्मीले औलो रोगको अवस्था र नियन्त्रणका प्रयासका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
प्रमुख अतिथी जिसस प्रमुख बिस्णुराम विकले रोग लाग्नै नदिने कुरामा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो विकासका लक्ष्य पूरा गर्न स्वास्थ्यको सुचक सबैभन्दा महत्वपुणर् रहेको भन्दै विकले स्वास्थ्यका स्टक होल्डरले स्वास्थ्य समाज निर्माणमा भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष सन्तोस थापा, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेल, औसधि व्यावसायी संघका अध्यक्ष राजेश पौडेल लगायत सहभागी हुनुभएको थियो । कार्यक्रमको सन्चालन जनस्वास्थ्य निरिक्षक तेजप्रसाद शर्माले गर्नुभएको थियो ।









