पर्वत, ४ साउन
पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर माथिवाट आएको पहिरोले एक घर पुरिदा ७३ बर्षिय छविलाल विकको मृत्यु भएको छ । सोही पहिरोमा परी छविलाल विककी श्रीमती ७६ बर्षिया विष्णुमती विक बेपत्ता हुनुभएको छ ।
आइतबार विहान ४ बजेको समयमा उक्त पहिरो गएको हो । पहिरोमा परेर पुरिएका विक झण्डै ४ घण्टापछि मृत भेटिनुभएको हो भने श्रीमतीको खोजिकार्य भइरहेको स्थानीय राजेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल हुनुभएको छ ।
सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ आफु सहित उद्धार टोली जाँदै गरेको बताउनुभयो ।

उक्त क्षेत्रमा अहिलेपनि बर्षा रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागले मापन गरे अनुसार कास्कीको लुम्ले क्षेत्रमा भारी बर्षा भइरहेको र सोही रेञ्जमा उक्त घटना स्थल पर्दछ ।