पर्वत, १२ साउन ।
मोदी गाउँपालिका–३ देउराली (लाङ्दी) मा साउन ४ गते अविरल वर्षासँगै गएको पहिरोमा ज्यान गुमाएका दम्पति छविलाल विक र विष्णुमती विकका परिवारलाई राहत हस्तान्तरण गरिएको छ।
साउन १२ गते आयोजित कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गतका पर्वतका चार क्लब — लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, लायन्स क्लब अफ पर्वत भूमेकोट, लायन्स क्लब अफ पर्वत गुप्तेश्वर मोदी र लायन्स क्लब अफ पर्वत सारथी — को संयुक्त पहलमा राहत वितरण गरिएको हो।
कार्यक्रममा विशेष अतिथिका रूपमा डिष्ट्रिक्ट एजुकेटिभ को–अर्डिनेटर लायन यामप्रसाद शर्मा, डिष्टिक को–अर्डिनेटर लायन डाशिराम अधिकारी तथा जोन चेयरपर्सन लायन यामबहादुर मेघासी उपस्थिति रहेकाे थियो।
पीडित परिवारलाई २० हजार बराबरको खाद्यान्न सामग्री र नगद रु १५ हजार हस्तान्तरण गरिएको लायन्स क्लब अफ पर्बत गुप्तेश्वरका अध्यक्ष गणेश पाैडेलले जानकारी दिनुभयाे ।
राहत कार्यक्रम सफल पार्न आर्थिक तथा भौतिक रूपमा साथ र सहयोग दाताहरूलाई क्लवहरूले धन्यवाद ज्ञापन गरेका छन्।
यस अघि प्रदेश सरकारले १ लाख सहयाेग उपलब्ध गराईसकेकाे छ भने रेडक्रस साेसाईटीले समेत बिबिध सामग्री प्रदान गरेकाे थियाे । स्थानीय समाजसेवीहरूले उक्त परिबारका लागि सहयाेग सङकलन अभियान सञ्चालन गरेका छन् ।









