पर्वत, १९ असार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवा पर्वतमा पक्राउ परेका छन् । बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबजस्ती करणी गरेको आरोपमा बर्दिया जिल्ला गुलरिया नगरपालिका २ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालिकालाई आरोपित खड्काले गत असार १५ गते पर्वत जिल्ला कुश्मा नगरपालिका ६ कुश्मा बजारको एक होटलमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले असार १६ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो । घटनाको जानकारी पाए लगत्तै गिरफ्तार गरिएको र पीडितपक्षको उजुरीका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।
असार १२ गतेदेखि घरबाट निस्किएर सम्पर्कविहिन भएकी बालिकालाई आफन्तहरुको सुचनाको आधारमा सोधखोज गर्दा घटनाक्रम पत्त ा लागेर प्रहरीलाई खबर गरेको र उजुरी पश्चात् प्रहरीले नियन्त्रणमा लिएको पिडित बालिकाकी आमाले बताउनुभयो ।
प्रहरी निरिक्षक सुवेदीका अनुसार आरोपितलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जबर्जस्ती करणी मुद्धामा पर्वत जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।









