पर्वत, १६ चैत
गत फागुन ३ गतेदेखि हराएकी पर्वतको फलेवास नगरपालिका २ थापाठानाकी २४ बर्षिय सर्मिला थापा र उनकी ४ बर्षिया छोरी अहिलेसम्म भेटिएका छैनन् । वकालत अनलाईनमा चैत १० गते प्रकाशित समाचारमा बेपत्ता महिलाका बाबु मतिलाल कार्कीले अनलाइनलाई दिएको सूचना गलत भएको भन्दै बेपत्ता सर्मिलाका श्रीमान् प्रकाश थापा भनिएका अमरबहादुर थापाले समाचारको खण्डन गरेका छन् ।
सर्मिलाका बाबु मतिलाल कार्कीले भने जस्तै विद्यालयबाट भगाएर विवाह गरेको नभई सामाजिक परम्परा अनुसार नै विवाह गरेको श्रीमान् अमरबहादुर थापाले बताएका छन् ।
खण्डन यस प्रकार छ








