पर्बत, १३ माघ
विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन गर्दै आएको ‘द क्लिफ’ दुई दिनका लागि बन्द हुने भएको छ। क्लिफले त्यहा कार्यरत कर्मचारीहरूलाई रिप्रेस (आराम) दिनका लागि माघ १४ र १५ गते द क्लिफ बन्द गरिने भएको हो।
द क्लिफमा बञ्जी जम्पसँगै स्काइ साइकलिङ, मेगाट्रोल, स्विङ लगायतका साहसिक खेलहरू सञ्चालन हुँदै आएका छन्। द क्लिफका म्यानेजर ईश्वर कार्कीका अनुसार माघ १६ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछ।









