पर्बत, २५ कार्तिक
पर्बत कारागारबाट कार्तिक २४ गते छुटेका कैदीले छुटेकाे भाेलिपल्टै कुटपिट गरी श्रीमतीकाे हत्या गरेका छन् ।
जबर्जस्ती करणी मुद्धामा सजाय भुक्तान गरिरहेका माेदी गाउपालिका ६ तिलाहार दराकका ५१ बर्षिय जित बहादुर बिकले अाज (२५ गते) बिहान १ बजे घरमा रगताम्मे हुने गरी कुटपिट गरेका थिए । कुटपिट गरेर सिरक अाेढाई अचेत अबस्थामा राखेकाे घरमा रहेकी नीजकी बुहारी शाेभा बिकले देखेपछि प्रहरीलाई खबर गरेकी थिईन् । प्रहरीले घटनामा सङ्लग्न बिकलाई नियन्त्रणमा लिएकाे छ भने कुटपिट बाट घाईते सिता बिककाे प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्बतका प्रहरी निरीक्षक सुदिप भण्डारीले बताउनुभयाे ।
दुईमहिना अघि पर्बत जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा बिकलाई ५० हजार धराैटी ताेकेकाे थियाे । उक्त धराैटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । हिजाे २४ गते श्रीमतीले नै धराैटी रकम बुझाएपछि उनी कारागारबाट छुटेका थिए ।
प्रहरीले घटनाकाे थप अनुसन्धान भईरहेकाे जनाएकाे छ ।








