पर्बत १७ साउन : गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि अशोक लामिछाने क्षेत्रिले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनले न्युयोर्क च्याप्टरको उपाध्यक्षमा उम्मेदवारि घोषणा गरेका हुन ।
लामिछानेले एक सशक्त र एकीकृत एनआरएनए निर्माण गर्ने अठोटका साथ अभियान सुरु गरेका हुन। लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका लामिछाने सामाजिक, सांस्कृतिक तथा संस्थागत क्षेत्रमा सक्रिय नाम हो।
लामिछानेले एनआरएनएको भविष्य निर्माणका लागि विश्वासिलो, पारदर्शी र सेवामूलक नेतृत्व आवश्यक भएको बताउँदै चुनावी अभियानको सुरुवात गरेका हुन्।
उनि सगं लामो समयदेखि न्युयोर्कमा रहेका विभिन्न संघसंस्थाहरूसँग जोडिएर विभिन्न क्षेत्रहरूमा काम गरेको, पर्वत सेवा समाज न्युयोर्क अमेरिकाको युवा संयोजक, पर्वत स्पोर्ट क्लबको उपाध्यक्ष रही सामाजिक क्षेत्रमा काम गरेको अनुभब समेत रहेको छ ।
उनले आफ्नो अनुभव न्युयोर्क बासी नेपालीहरूको लागि एनआरएनए अमेरिका सँग जोड्न एउटा खम्बाको रुपमा प्रयोग गर्ने दृढ प्रतिज्ञा समेत गरेका छन् ।
म नेपाली समुदायका लाई अझ सशक्त बनाउने, समुदायबीचको सम्बन्धहरु अझ बलियो बनाउने र नयाँ पुस्ताको आवाजहरु लाई अझ बढि बुलन्द र सशक्त बनाउने प्रतिबद्धता सहित मेरो यस अभियानमा तपाईहरुको साथ, समर्थन र सहयोग पाउँछु भन्ने पनि विश्वास लिएको छु ।
हाल उनले न्युयोर्कमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट र छलफल गर्दै सुरु गरिसकेका छन्। चुनाव अघि र पछिको भ्रमणलाई निरन्तरता दिने अठोट व्यक्त गर्दै उनले सम्पूर्ण नेपाली समुदायलाई एनआरएनए अभियानमा सक्रिय सहभागी हुन आव्हान गरेका छन्।
एनआरएनए अमेरिकाको चुनाव यही आगामि अगष्ट १६ र १७ मा हुँदैछ।









