पर्वत, ३ पौष
पर्वत जिल्लाका जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले मानवअधिकार संरक्षण सवैको दायित्व भएको बताउनुभएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्वतमा संकलन भएका घटना सार्वजनिकिकरणका क्रममा विकले मानवअधिकार मुलुकको मुख्य मान्यता रहेको बताउँदै त्यसको संरक्षणका लागि सवैको भूमिका उत्तिकै महत्वपूणर् रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विकले गाउँका कुना कुनामा पुगेर अभिलेख गर्नुपर्ने बताउनुभएको थियो । उहाँले दलित समुदायका व्यक्तिहरु बढि मात्रामा पिडित र पिडक देखिएको बताउँदै लक्षित समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र आफु त्यसका लागि तयार रहेको समेत बताउनुभयो ।
इन्सेक पर्वत प्रतिनिधिका अनुसार सन् २०२३ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्षमा ३८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ । गत बर्षको तुलनामा यस बर्ष यो संख्या बढी हो । गत बर्ष सन् २०२३ मा २५ वटा मानवअधिकार उल्लंघनका घटना इन्सेकले प्रलेखिकरण गरेको थियो भने यो बर्ष ३८ घटना प्रलेखिकरण गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो ।
इन्सेक प्रतिनिधि थापाले पर्वतमा घरेलु हिंसाका २२ सहित बालिका बलात्कार तथा यौन दुव्र्यबहार ९, महिला बलात्कार तथा यौन दुव्र्यबहार ४ र दुई वटा कुटपिटका घटना प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य माया अधिकारीले इन्सेकले अभिलेखिकरण गरेका घटनाहरु जायज भएको बताउँदै दुरदराजसम्म इन्सेक पुगेर लुकेका घटनाहरुलाई पनि उजागर गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले इन्सेकको कार्य प्रभावकारी भएको बताउँदै मानवअधिकार उल्लघंनका घटना न्यूनिकरण गर्न सवैले चासो दिनुपर्ने बताएका थिए ।









