पर्वत, २४ माघ ।
पर्वतको कुश्मा नगरपालिकाले बनाउन लागेको स्थानीय पाठ्यक्रमका विषयमा सरोकारवालाको सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ । स्थानीय पाठयक्रमले समेट्नुपर्ने विषय, ज्ञान, सीप, अवधारणा तथा बस्तुगत स्थितिका बारेमा पाठयक्रम बिज्ञ, जनप्रतिनिधी र कर्मचारीका बिचमा अन्तरकृया गरिएको हो । मंगलबार कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोहनामा उक्त कार्यक्रम सम्पन्न भयो ।
नगरप्रमुख रामचन्द्र जोशीले कार्यक्रमको उदघाटन गर्दै कुश्मा नगरपालिकाले अबको केही महिनामा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गतेको बताउनुभयो । जोशीले कुश्मा नगरपालिकाले पाठयक्रम बिज्ञ, भासा बिज्ञ, प्राबिधिक तथा शैक्षिक क्षेत्रका अनुभवी ब्याक्तिहरु मार्फत पाठ्यक्रमको प्रारुप तयार पार्न गृहकार्य अगाडी बढाएको बताउनुभएको थियो । उहाँले स्थानीय पाठ्यक्रम कर्मकाण्डि नभै ब्यबाहरिक र जिवनउपयोगी बनाउने प्रतिबद्द्ता ब्यक्त गर्नुभयो ।
जोशीले पर्वतका सबै धार्मिक, सान्स्कृतिक, ऐतिहासिक स्थल, भौगोलिक बिबिधता, कृषि, पर्यटन, उर्जा, जलस्रोतको समुचित परिचय, जातजाती, धर्म, संस्कृतिको बारेमा स्थानिय पाठ्यक्रममा विषय समाबेश गरिने जानकारी दिनुभयो । पाठ्यक्रममा समाबेश गर्ने कुरा समुदायमै पुगेर संकलन गरिने नगरप्रमुख जोशिले बताउनुभएको छ । कार्यक्रममा उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रसासकिय अधिकृत कुमानसिङ गुरुङ, नगर शिक्षा अधिकारी बिस्णुप्रसाद तिवारी लगायतले नगरले बनाउन लागेको स्थानीय पाठ्यक्रमको बारेमा अवगत गराउनुभयो । कार्यशालामा पाठ्यक्रम बिज्ञ करुण धिताल र अनिल पाण्डेले आफ्नो प्रस्तुती राख्नुभएको थियो । कार्यक्रमको सन्चालन नगर शिक्षा अधिकृत अर्जुन पौडेलले गर्नुभएको थियो ।









