पर्वत, २४ माघ ।
स्वास्थ्य कार्यालय पर्बतले समग्र जिल्लाको स्वास्थ्य अबस्थाबारे समिक्षात्मक सम्पादित कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले जिल्लाका स्थानीय तहमा सञ्चालित स्वास्थ्य शाखा तथा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा छ महिनाको अन्तरालमा स्वास्थ्य कार्यालय पर्बत र स्थानीय तहका स्वास्थ्य सस्थाहरूले सञ्चालन गरेका कार्यहरूको समिक्षा गरिने स्वास्थ्य कार्यालय पर्बतका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।
माघ २४ र २५ गरि दुईदिन सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय तहको तर्फबाट स्वास्थ्य शाखा प्राुखहरूले प्रगतिबिबरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका अबसरमा पौडेलले समग्र स्वास्थ्य क्षेत्रको बिकासका लागि आफुले सङ्घिय सरकार देखि प्रदेश सरकार समक्ष सम्म प्रस्ताब सहित अनुरोध गरेको जानकारी दिनुभयो । दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा जिल्ला समन्वय समिति पर्बतका प्रमुख बिष्णुराम बिक, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, लगायतको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको विकास र स्तरोन्नतिका लागि आफु लागि पर्ने बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको चरणमा रहेपनि निर्माण हुन समस्या भइरहेको कुरालाई आफुले सम्बन्धित निकायमा घच्घच्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।
दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा पालिका स्तरबाट स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधिहरुले प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जस अन्तर्गत कतिपय कार्ययोजनामा समाबेश भएका कार्यक्रमहरुको समिक्षा गरिने छ भने कतिपय कार्ययोजनामा समावेश नभएपनि पालिकाको आफ्नै स्वामित्वमा भएका कार्यक्रमहरुको समिक्षा गरी छलफल गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो ।







