पर्वत, ६ असोज
पर्वतको विकास र समृद्धिका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चासो व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले बुधबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागितामा जिल्लाका विविध सवालमा छलफल गरेका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिनाको आव्हानमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिनिधिमुलक तवरबाट पर्वत जिल्लाबाट केन्द्र, प्रदेश र जिल्ला तहमा नेतृत्वदायी भुमिकामा रहेका नेता तथा यहाँका वर्तमान , निवर्तमान र पुर्व जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा तिमिल्सिनाले जिल्लाको समृद्धिका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर सवै एक हुनुपर्ने बताउँदै जिल्लाका स्थानीय तह र राजनीतिक दललाई एकताको सन्देश दिन आह्वान गरेका थिए । उनले सात वटै स्थानीय तह मिलेर सामुहिक परियोजना सञ्चालन गर्न समेत अनुरोध गरेका थिए । विजयादशमीको शुभकामना सँगै पर्वतका राजनीतिक दलहरुलाई आगमी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा एउटै मञ्चबाट चुनावी प्रसार प्रसार र सँगै हातेमालो गरेर जनताको घरदैलोमा पुग्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य विकास लम्साल, अर्जुन प्रसाद जोशी , निवर्तमान प्रतिनिधि सभा सदस्य पदम गिरी, समावेशी आयोग सदस्य माननीय पुष्पराज तिमिल्सिना , पुर्व सांसद कृष्णप्रसाद भट्टराई, नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य मित्रलाल बस्याल, नेकपा (एमाले) पर्वतका अध्यक्ष राजु प्रसाद पौडेल, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, नेकपा एकीकृत समाजवादीका पर्वतका अध्यक्ष मोती पौडेल, नेपाली काँग्रेसका जिल्ला उप-सभापति डा.चुडामणी शर्मा, नेकपा(एमाले)का सचिव गोविन्द पहाडी, उप-सचिव शिव प्रसाद पौडेल , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शंकर गिरी लगायतले शुभकामना तथा जिल्लाको विकास र समृद्धिका विषयमा महत्त्वपूणर् विचार राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम वि. क , उप-प्रमुख सोम जिसी, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष हिरा कुमारी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, बिहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङ , पैयुं गाउँपालिकाका अध्यक्ष राज मल्ल ठकुरी, कुश्मा नगरपालिकाका उप-प्रमुख स्वस्थानी रिजाल , फलेवास नगरपालिकाका उप-प्रमुख शोभा कुमारी क्षेत्री , मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने, पैयूं गाउँपालिकाका उपाध्यक्ष याम कुमारी राना, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य , विहादी गाउँपालिकाका उप-प्रमुख मिना तिवारी, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, समेतले धारणा राखेका थिए ।
लालटिन रिसोर्ट पातिचौरमा सम्पन्न भएको कार्यक्रममा स्वागत मोदी गाउँपालिकाका अध्यक्ष हिरा कुमारी शर्मा र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले गरेका थिए ।









