पर्वत, ८ असोज
नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश समितिको बैठक मोदी गाउँपालिका पर्वतको चित्रेमा सञ्चालन हुने भएको छ । आतिथ्यता गरेको निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति पर्वतले बैठक चित्रेमा सञ्चालन गर्ने निणर्य गरेको हो।
संगठनका अध्यक्ष बालकृष्ण शर्माले दिएको जानकारी अनुसार पर्यटन प्रबद्र्धनको उद्देश्य सहित मोफसलमा पहिलो पटक बैठक सञ्चालन गर्न लागिएको हो । असोज ९ गते आइतबार सञ्चालन हुने बैठकमा गण्डकी प्रदेश भित्रका विभिन्न ११ जिल्लाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी सहित सदस्यहरु उपस्थित हुने भएका छन् ।
कोभिडको महामारीले थलिएको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदै गएको छ । अहिले चित्रेमा विभिन्न संघ, संगठनका भेला, बैठक तथा अन्य विविध गतिविधि लिएर चित्रेमा पुग्ने गरेका छन् । मोदी गाउँपालिकाले चित्रेको पर्यटन विकासलाई विशेष तबर बाट हेरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए ।









