पर्वत, २ भदौ
लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ आइ अन्तर्गत पर्वतमा एक नयाँ लायन्स क्लवको शुभारम्भ सँगै अन्य दुई क्लवहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपाल रिजन ८ जोन १६ अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पर्बत गुप्तेश्वर, पर्बत भुमेकोट तथा नयाँ क्लब पर्बत गुप्तेश्वर मोदिको संयुक्त पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
‘वी विलिभ टिम वर्क’ भन्ने मुख्य नारालाई अभियानका रुपमा अघि सार्दै गठन भएका क्लवहरुले वर्ष २०२१-२२ को कार्यकाल सम्पन्न गरे सँगै नयाँ जिम्मेवारी प्रदान गरेका हुन् । जस अन्तर्गत लायन्स क्लव अफ पर्वत भुमेकोटका अध्यक्ष नारायण कुवरले आगमी बर्ष २०२२/२३ का लागि नयाँ अध्यक्ष कल्पना कुमारी शर्मालाई पद हस्तान्तरण गरेका हुन् भने लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले वर्ष २०२२-२३ का अध्यक्ष ज्ञानेन्द्रकुमार जोशीलाई पद हस्तान्तरण गरेका हुन् । त्यस्तै कृष्ण बहादुर मल्लको नेतृत्वमा पर्वत गुप्तेश्वर मोदी क्लवको शुभारम्भ भएको हो ।
कार्यक्रममा लायन्स क्लव अफ अन्तरााष्ट्रिय डिस्ट्रिक गर्भनर तथा पदस्थापन अधिकृत रामबहादुर बसेलले पदस्थापन गराउँदै क्लवको मर्म र भावना अनुरुप सामाजिक सेवा लाग्न आग्रह गरेका थिए । कुनै पनि कार्य सम्पन्न गर्नका लागि एक्लैले सम्भव नहुने भन्दै क्लवको थिम अनुसार समुहमा मिलेर कार्य गर्न उनले आग्रह गरेका थिए । सोही कार्यक्रममा लायन्स क्लव अफ गुप्तेश्वरको स्पोन्सरमा गठित लियो क्लवको पनि शुभारम्भ गरिएको थियो । कार्यक्रमका अवसरमा बर्ष भरी सामाजिक कार्यमा सक्रिय रहेर क्लवको गतिविधिलाई सहयोग गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।









