पर्वत, २ भदौ
पर्वत उद्योग बाणिज्य संघले हालै पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर आएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख मधुसुदन न्यौपानेलाई स्वागत तथा सम्मान गरेको छ । संघले विहिबार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक डिएसपी न्यौपानेलाई स्वागत गरेको हो ।
पर्वत उद्योग बाणिज्य संघले जिल्लामा नव आगन्तुक प्रशासकहरुलाई स्वागत तथा सरुवा भएर जाने क्रममा विदाई गर्ने प्रचलन रहँदै आएको छ ।

संघका अध्यक्ष गोपी अधिकारीले सोही अवसरमा पर्वत उद्योग बाणिज्य संघको अगुवाईमा भइरहेको पर्यटकीय तथा सामाजिक क्षेत्रका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । साथै अधिकारीले पर्वत जिल्लामा व्यवसायीहरुले भोग्नुपरेका समस्याका बारेमा पनि प्रहरी प्रमुख समक्ष जानकारी गराएका थिए । अध्यक्ष अधिकारीले महोत्सव आयोजना गरिएको जानकारी गराउँदै सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए भने प्रहरीका हरेक गतिविधिमा नीजि क्षेत्रको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रहरी प्रमुख न्यापानेले व्यवसायीहरुका समस्याका बारे आफु सम्बेदनशील बन्ने प्रतिबद्धता जनाएका थिए । जुनसुकै कार्यमा पनि व्यवसायिक क्षेत्रको सहयोग आवश्यक पर्न सक्ने बताउँदै प्रहरी र नीजि क्षेत्रको सहकार्य थप प्रगाढ हुने आश्वासन दिएका थिए । कार्यक्रममा डिएसपी न्यापानेले नीजि क्षेत्रका व्यवसायीहरुले कानुन विपरितका कुनै पनि कार्यहरु नगर्न समेत अनुरोध गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने, होमनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।









