पर्वत, ११ साउन
पर्वत जिल्लामा कार्यरत जिल्ला न्यायधिश बलराम त्रिपाठीको सरुवा भएको छ । न्याय परिषदले २२४ जना जिल्ला न्यायाधीशहरूको सरुवा गर्ने क्रममा त्रिपाठीको सुनसरी जिल्ला अदालतमा सरुवा भएको हो भने पर्वतमा कास्की जिल्ला अदालतमा कार्यरत आनन्दप्रसाद श्रेष्ठ आउने भएका छन् ।
न्याय परिषदले करिव २ बर्ष सम्म एउटै जिल्ला कार्यरत रहेका न्यायधिशहरुलाई सरुवा गर्ने प्रावधान अनुसार त्रिपाठीको सरुवा भएको हो । कोरोना कालमा पर्वतमा भित्रिएका त्रिपाठीले जिल्लाको न्याय सम्पादनमा विवाद नआउने गरी काम गरेका थिए । उनले स्थानीय तहको निर्वाचन समेत सफलता पुर्वक सम्पन्न गरेका छन् ।
पर्वत जिल्लामा ५ सय भन्दा बढी मुद्धा बार्षिक रुपमा चालु अवस्थामा रहेपनि न्यायधिशको दरबन्दी भने थप भएको छैन । एकल इजलास हुँदा न्याय सम्पादनमा समस्या हुँदै आएको छ ।









