पर्वत १० साउन
माछापुच्छ्रे बैंक लिमिटेड पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग उपलब्ध गराएको छ । बैंकले जिल्ला प्रहरी कार्यालय पर्वतमा २५ थान मेट्रेस र तकिया उपलब्ध गराएको हो ।
जिल्लामा सञ्चालित वित्तीय संस्था तथा अन्य कम्पनीले सामाजिक उत्तरदायित्तव अन्तरर्गत कार्यक्रम गरी बार्षिक रुपमा सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने प्र्रावधान भएपनि सव्रै क्षेत्रबाट कार्यक्रम नभइरहेको अवस्थामा माछापुच्छ्रे बैकले उक्त कार्यक्रम आयोजना गरेको हो । बैंकले जिल्ला प्रहरी कार्यालय पर्वतमा आवश्यकता अनुरुप २५ थान मेट्रेस सहितको बेड विस्तारा सहयोग गरेको हो । माछापुच्छ्रे बैक लिमिटेड कुश्मा शाखाका प्रमुख सन्तोष कुमार केसीका अनुसार कार्यक्रम अन्तर्गत झण्डै ५० हजारको सहयोग उपलब्ध गराइएको थियो ।
कार्यक्रममा बोल्दै बैंकका गण्डकी प्रदेश प्रमु्ख निलम गौतम पौडेलले पर्वत जिल्लालाई केन्द्रविन्दुमा राखेर आयोजित कार्यक्रमको प्रशंसा गर्दै सामाजिक क्षेत्रमा थप सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले पर्वतमा झण्डै दुईदर्जन भन्दा बढी वित्तीय संस्था भएपनि सामाजिक उत्तरदायित्वको कार्यमा कमै मात्रामा सक्रियता देखिएको हुँदा आगमी दिनमा थप सक्रियताका लागि सञ्चारमाध्यमको भूमिकाबाट अघि बढ्ने प्रतिबद्धता जनाउँदै माछापुच्छ्र बैंकलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नाय उपरिक्षक शिवराज बुढाथोकीले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगमी दिनमा थप सहकार्यका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । बैंकका शाखा प्रबन्धक सन्तोष केसीले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख निलम गौतम पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो ।









