पर्वत, २८ मंसिर ०७८
१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पर्वतको पैञ्यु गाउँपालिका ७ भोर्लेका २६ बर्षिय मनोज विकलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश बलराम त्रिपाठीको २०७८ मंसिर २६ गतेको फैसलाले १२ बर्ष कैद सजाय, ५० हजार पिडितलाई क्षतिपुर्ति र १८ सय पिडित सहायता कोषमा रकम जम्मा गराउने गरी फैसला गरेको छ ।
२०७६ पुस २९ गते बलात्कार गरेको आरोपमा विक २०७६ माघ २७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए । पिडितका आफन्तले ०७६ माघ १ गते इलाका प्रहरी कार्यालय हुवास पर्वतमा उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वत मार्फत जबर्जस्ती करणी मुद्धामा अनुसन्धान भइरहेको थियो । झण्डै दुई बर्षपछि अदालतले उक्त मुद्धाको फैसला गरेको हो । पिडित बालिका अहिले परिवारकै संरक्षणमा रहेको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।







