पर्बत मङ्सिर २४ गते
सामाजिक बिकास कार्यालय पर्बत र कुश्मा नगरपालिकाकाे मुल अायाेजना तथा जिल्लामा क्रियाशिल ईन्सेक लगायत बिभिन्न १५ वटा सस्थाकाे सहकार्यमा पर्बतमा एक समाराेह बीच कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा जिल्ला समन्वय समिति पर्बतका संयाेजक मनाेहर बि पाैडेलले महिला हिंसा अन्त्यका लागि सबैले मनैदेखि प्रण गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।उहाले २०५४ सालदेखि नेपालमा लैङ्गिक हिंसा बिरूद्धकाे अभियान सञ्चालन भएपनि हिंसाका घटना अहिले पनि उत्तिकै मात्रामा बढेकाेमा चिन्ता ब्यक्त गर्नुभयाे । कार्यक्रममा ईन्सेक प्रतिनिधि सन्ताेष थापाले सन् २०२१ मा समग्र पर्बत जिल्लाकाे मानबअधिकार र हिंसात्मक घटनाकाे प्रस्तुतिकरण गर्नुभएकाे थियाे भने शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष राजेन्द्र पहाडीले लैङ्गिक हिंसा, अधिबक्ता हरिनारायण रेग्मीले मानबअधिकारकाे अबधारणा र जिल्ला प्रहरी कार्यालय पर्बतका प्रहरी निरिक्षक प्रदिप पाैडेलले अार्थिक बर्ष २०७८/०७९ काे महिला हिंसा सम्बन्धी घटनाहरू जानकारी गराउनुभएकाे थियाे । प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिका सामाजिक बिकास अधिकृत डिलकुमारी शर्माले स्वागत र सामाजिक बिकास कार्यालय पर्बतका प्रमुख माेहनचन्द्र सुबेदीले सञ्चालन गर्नुभएकाे थियाे ।







