पर्वत, २८ मंसिर
७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैङगिक हिंसा विरुद्धको अभियान समापन समारोहका अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव निरिक्षक पुणर्िमा थापा सम्मानित हुनुभएको छ ।
सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा जिल्लाका विभिन्न १५ भन्दा बढी संस्थाहरुको संयुक्त सहकार्यमा आयोजित समारोहमा थापा सम्मानित हुनुभएको हो । लामो समय सम्म पर्वत जिल्लामा रहेर महिला हिंसा अन्त्य सँगै मानवअधिकार प्रबद्र्धनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै थापालाई सम्मानित गरिएको हो ।
विगतमा सामुदायिक सेवा केन्द्र पर्वतमा कार्यरत थापा अहिले जिल्ला प्रहरी कार्यालय पर्वतको महिला तथा बालबालिका सेवा केन्द्रको इञ्चार्जका रुपमा कार्यरत रहनुभएको छ । थापालाई जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोह वि. पौडेल र प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
सम्मानित भएपछि थापाले आफु विगतदेखि नै महिला तथा बालबालिकाको उत्थानका लागि लागिपरिहेको र सम्मानले थप त्यो क्षेत्रमा सक्रिय रहन हौसला प्रदान गरेको बताउनुभयो ।







