जेठ ३१ पर्वत
पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा बर्षा पछि गएको भिषण पहिरोले २ र पुरेको छ । दुर्लुङको ढकालबारी भन्ने स्थानमा स्थानीय कमला विक र तुलबहादुर थापाको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन् । बेपत्ता भएका सातै जना पहिरोले पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार शनिबार राति ८ बजेको समयमा पहिरोले पुरिएर मिनकुमारी थापा र उनकी नातिनी दिविसा थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वत र नेपाली सेनाको सुरक्षाकर्मी टोली उद्धारमा खटिएको छ । उद्धारका क्रममा पुरिएका दुई जनाको सब भेटिएको हो ।
प्राप्त जानकारी अनुसार कमला विकको घरमा ३ जना र तुलबहादुर थापाको घरमा ६ जना व्यक्ति रहेको र २ जनाको सव भेटिएपनि अन्य ७ जना अझै बेपत्ता रहेका छन् ।
रातीको समय भएको हुँदा उद्धार गर्न कठिनाई उत्पन्न भएको छ । स्थानीयबासी लक्ष्मण क्षेत्रीका अनुसार अझै पनि पहिरो बगिरहेका कारण पुरिएको स्थानमा सहज रुपमा उद्धार टोलि खटिन सकेको छैन । घरमाथि रहेको जंगलबाट पहिरो बगेर घरहरु पुरेको हो ।









