कसको के लाग्छ र?

मानिसले भन्थे, जित्न सक्छौ हामी संसार।
आत्मा घाती कोरोनाले ,विश्वलाई नै पारयो मार्।।
विज्ञानले भन्थे, हामी चन्द्रमालाई सक्छौ छुन।
विश्व व्यापी माहामारीले ,सबैलाई पार्यो रून।।
डाक्टरले भन्थे,जस्तोसुकै बिरामीको उपचारगछौ ।
दिर्घरोगी वृदा , बालक, सबैलाई निको पाछौँ ।।
वैज्ञानिकले भन्थे, सबैलाई सखाप पार्ने हामी संग बम छ।
सबैभन्दा वैज्ञानिक यनत्र छ , हामीमा के कम छ।।
ठूला ठूला राष्टले भन्थे, आथिक छ सेना छ हामी संग ।
कोरोना भाइरस संक्रमणले, सबैलाई पार्यो दंग ।।
सरकार र शासकले भन्थे,हामी सधैँ राज गछौ ।
विदेश गई उपचार गछौ,अल्पकालमा कहाँ मछौ।।
भक्तहरुले विशवास गथें, दान धर्मले जिवन सच्याउछन।
ज्योतिषले ग्रह हेर्छन, देवता र भगवानले बचाउँछन्।।
सारा आज खतरामा हुँदा, सकेको छ खै कसले के गर्न ।
एक अर्कोमा थाहा नपाई, रोग सरी परेको छ मर्न ।।
हे मानव जाति होस गर, साइन्स पनि फेल खाएको छ।
बाँचिन्छ कि मरिन्छ खै , भन्ने बेला आएको छ।।
अरू देशको देखेका छौँ, सुनेका छौँ हाम्रो बानी संचाउ।
आफू पनि बाचौँ , हामी अरूलाई पनि बचाउँ।।






