पर्वतमा यस बर्षको एसईइ परिक्षामा १८ जना बिद्यार्थी परिक्षा दिन बञ्चित भएका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख उद्धिमराज पौडेलले नियमित विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको बताउनुभयो । परिक्षाबाट बञ्चित हुनेमा छात्र १० र छात्रा ८ जना रहेका छन् ।
जिल्लामा यसवर्षको परिक्षामा पर्वतमा १९ वटा केन्द्र तोकिएको छ । पर्वतमा २ हजार ८ सय ७५ बिद्यार्थी परिक्षाम सहभागी भएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रको संख्या १ हजार ४ सय ८ र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको छ ।
१९ केन्द्रमा १९ जना केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष, १४४ निरीक्षक, २८ जना सहायक कर्मचारी, ५८ जना सहयोगी र एउटा केन्द्रमा अधिकतम १५ जना प्रहरी खटिएका छन । होम सेण्टर कुनै पनि बिद्यालयमा छैन ।









