पर्वत, १८ जेठ
पर्वतमा सञ्चालित बैंकहरुमा कार्यरत कर्मचारीहरुको साझा संस्था बैंकर्स क्लव पर्वतले हालै एक रक्तदान कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ । क्लवले रक्तदान जीवनदान जीवनदान महादान भन्ने मुख्य नारालाई समेट्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
शुक्रबार आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ३२ जना व्यक्तिहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा बैंकमा कार्यरत कर्मचारीहरु सहित अन्य क्षेत्रका व्यक्तिहरुले समेत रक्तदानमा सहभागी भएको बैंकर्स क्लव पर्वतका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम पश्चात् दाताहरुलाई क्लवका अध्यक्ष सन्तोष केसीले सम्मान सहित प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । बैंकर्स क्लव पर्वतले विभिन्न समयमा विगत देखिनै रचनात्मक कार्य गर्दै आइरहेको र आगमी दिनमा थप सामाजिक उत्तरदायित्वका क्षेत्रमा कार्यहरु गरेर अघि बढ्ने अध्यक्ष केसीले बताउनुभयो ।










