पर्वत, २८ पुस
लंग आइल्याड नेपाली समाज न्युयोर्क को सातौं अधिबेशन यहि फेब्रुअरी २४ तारिक का दिन हुने भएको छ । अधिवेशनबाट आगामी नेतृत्वका लागि बाबुराम शर्माले अध्यक्षको आकांक्षीका रुपमा आफुलाई अघि सार्नुभएको छ ।
नेपालीहरूको बाक्लो बस्ती रहेको लंग आईल्याण्ड न्युयोर्क मा पुरानो स्थापित संस्था को रूपमा चिनिन्छ । समाजमा बिभिन्न पेशा ब्याबसाय गरि बसेका ब्यक्तित्वहरू आबद्ध रहेका छन । समाज ले बिभिन्न नेपाली चाडबाडमा बिभिन्न कार्यक्रम गरि मनाउने लगायत नेपाली झण्डालाई स्थानीय काउन्सिलमा स्थायी रूपमा फहराउने महत्वपुणर् काम समेत गरेको छ । समाज को सातौं अधिबेशनले आफ्नो भाबि कार्य योजना समेत तय गर्ने छ भने आगमी कार्यकालको लागी नयां कार्य समिति चयन गर्ने छ ।
समाजका बर्तमान महासचिब रहेका शर्माले आगमी कार्यकाल २०२३-२५ का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । शर्माले यस क्षेत्रमा दिनानु दिन बढ्दै गैरहेको नेपाली समुदायको बढ्दो चाप र म भित्र रहेको समाज सेवा गर्ने हुटहुटीका कारणबाट अब यस संस्थालाइ परम्परागत तबरबाट केबल तीज दशैं र पिकनिक जस्ता कार्यक्रमहरूमा मात्र सिमित नरहि दीर्घकालिन महत्व रहेको कुनै एक मन्दिर सहितको सामुदायिक हल निर्माणको प्रस्ताव ६ बर्ष अगाड़ी कार्य समितिमा गरि १० हजार डलर डोनेशन समेतको घोषणा गर्नुभएको थिाये । यो दौरान समाजका बिभिन्न बैठक र गत बर्षको साधरण सभामा पनि हामीले सांस्कृतिक केन्द्र बनाउने प्रस्ताव प्रस्तुत गरेको शर्माले बताउनुभयो । सोही प्रस्तावलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि मेरो उम्मेदवारी रहेको शर्माले बताउनुभयो ।
शर्माले समाज सेवामा समर्पित भई समय ब्याबस्थापन गर्ने, सांस्कृतिक केन्द्र निर्माण , आफ्नै भवन निर्माण गर्ने, नेपाल फ्यामिली फ़ेस्टिवल सञ्चालन गर्ने, नेपाली स्ट्रीट नामांकन गर्नमा पहल गर्ने , सामाजिक कल्याणकारी कोष १ लाख डलरको बनाउने, सिगो लगंआइल्याण्डमा बस्ने नेपालीको डाँटा संकलन गरिने, लंग आइल्याण्डमा आउने नयॉ नेपाली लाइ जागिर, बसोबासका लागि ब्यवस्थापन , आर्थिक र सूचना सम्प्रेषणको प्रवन्ध मिलाउन समिति निर्माण र हट लाइन र समिती निर्माण गरि त्यो समिती मार्फत् ब्यबस्थापन गर्ने, नेपाली समाजलाई अमेरिकन समाजमा जोड्ने र यहाँ का सिटीहरूमा नेपालीको प्रतिनिधित्वका लागि पहल गरिने, यहाँको मूल धारको राजनीतिमा नेपाली को पहुँच पुर्याउने, एक परिवार एक खुत्रुके (पैसा संकलन बाक्सा )कार्यक्रम ल्याइ संस्था को कोष बढाउने , घर घरमा फालिएका पेनी डायम जस्ता खुजुरा पैसा संकलन गरेर समाजको कोष बढाइने लगायतका एजेण्डाहरु अघि सारेर शर्मा अध्यक्षको आकाक्षीका रुपमा अघि बढ्नुभएको हो ।









