पर्वत, ७ असार
पर्वत जिल्ला अदालतले ४ बर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तलाई एक बर्षपछि जन्मकैद सजायको फैसला सुनाएको छ । पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश आनन्दप्रसाद श्रेष्ठको असार ५ गतेको इजलासले बेनी नगरपालिका वडा नं. ४ का २२ बर्षिय सन्देश छिनाललाई जन्मकैदको फैसला सुनाएको हो ।
अभियुक्त छिनालले २०७९ बैशाख ८ गते बालिकालाई कोठामा बसिरहेको समयमा जबजस्ती करणी गरेको कसुर मुद्धा अदालतमा अनुसन्धानरत थियो । ०७९ बैशाख २३ गते दर्ता भएको उक्त मुद्धा उपर अदालतले आरोपितलाई दोषी ठहर गर्दै जन्मकैद सँगै ६ लाख रुपेैँया दण्ड जरिवाना र ५० हजार पिडित राहत कोषमा रहने गरी क्षतिपुर्तिको सजाय सुनाएको श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।
अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम आरोपितलाई अभियुक्त ठहर गर्दै सजाय सुनाएको हो ।









