पर्वत, १३ फागुन
जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी सहायक हवल्दार दिनेश शर्मा माघ महिनाको उत्कृष्ठ प्रहरी घोषित भएका छन् । लामो समयदेखि जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत शर्माले माघ महिनाको उत्कृष्ठ प्रहरीबाट सम्मानित भएका हुन् ।
शुक्रबार एक कार्यक्रमका बीच प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले शर्मालाई सम्मानित गरेका हुन् । सम्मानित शर्मा जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्धा शाखामा कार्यरत रहेका थिए ।
प्रहरीले केही महिना यतादेखि प्रहरी कर्मचारीलाई काममा हौसला दिने र प्रेरित गर्ने उद्देश्यले कार्य क्षमता मुल्याङकन गरी मासिक रुपमा उत्कृष्ठ प्रहरीलाई सम्मानित गर्दै आएको छ । सांगठानिक नीति निर्देशन बमोजिम जिम्मेवारी तथा पदिय दयित्वलाई ईमान्दारीता, बफादारीता तथा व्यवसायिक सुझबुझका साथ कर्तब्यनिष्ठ भई उत्कृष्ट कार्य गरेकोले सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।









