पर्वत, ८ फागुन
महाशिवरात्रीको अवसरमा रोट्याक्ट क्लव अफ पर्वतले विशेष कार्यक्रम गरी मनाएको छ । क्लवले पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरी स्थित धुस्तुङ गाउँमा स्थानीय युवाहरु तथा अभिभावकको सहभागितामा शिवरात्री विशेष कार्यक्रम सञ्चालन गरेको हो ।
विशेष गरी युवा वर्गको क्षमता अभिबृद्धि सँगै सचेतनामुलक कार्यक्रममा सक्रिय रहँदै आएको क्लवले हिन्दुहरुको विशेष पर्वका रुपमा चिनिने महाशिवरात्रीमा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले युवा वर्गहरु सकरात्मक कार्यमा जुटेर अघि बढ्ने हो भने गाउँ, समाज र सिंगो राष्ट्रलाई समृद्धि उन्मुख बनाउन सकिने बताउनुभयो । कार्यक्रममा थापाले रोट्याक्ट क्लवले यस अघि गर्दै आइरहेको कार्यक्रमहरुको स्मरण गर्दै दुरदराज सम्म पुगेर युवा वर्गलाई सही मार्ग दर्शन गर्न सुझाव दिनुभएको थियो । क्लवका अध्यक्ष अर्जुन केसीले सहभागी अतिथि, युवा तथा अभिभावकहरुलाई क्लवका तर्फबाट धन्यवाद ब्यक्त गर्नुभएको थियो ।









