पर्वत, १५ पुस
लामो समय सम्म पर्वत जिल्ला भित्र विभिन्न प्रहरी युनिटलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएकी प्रहरी नायव निरीक्षक पूणर्िमा थापालाई जिल्ला प्रहरी कार्यालय पर्वतले मंसिर महिनाको उत्कृष्ठ प्रहरी घोषित गरी सम्मानित गरेको छ । पर्वत र विशेष गरी कुश्मा बजार क्षेत्रलाई कार्यक्षेत्र बनाएर काम गरिरहँदा ‘पूणर्िमा दिदी’ नामले चिनिएकी थापालाई कार्यमुल्याङकनका आधारमा सम्मानित गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले विहिबार एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो । थापा हाल जिल्ला प्रहरी कार्यालय पर्वतको महिला, बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्र तथा सामुदायिक सेवा शाखामा कार्यरत रहेकी छिन् ।
उनले हराएका व्यक्तिहरुको खोजिकार्य, घरेलु हिंसाका घटनाको उचित व्यवस्थापन, मातहतका युनिटहरुलाई जागरुक बनाई समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारिता बनाएको र लक्ष्य अनुसार कार्य सम्पादन गरेको भन्दै उनलाई सम्मान गरी ‘बेष्ट पुलिस’ घोषणा गरिएको हो ।
प्रहरी नायव निरीक्षक थापाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदै गर्दा कुश्मा बजार भित्रको घरेलु हिंसा न्यूनिकरण, स्थानीय महिलाको जागरण र समुदाय सँगको सहकार्यतालाई उल्लेख्य कार्य गर्दै आएकी छिन् । विगत सामुदायिक सेवा केन्द्रमा रहेर कार्य गर्दा समुदाय सँगको साझेदारीमा गरेका कार्यहरुको समेत उच्च प्रशंसा भएको थियो । यो सम्मानले आफुलाई थप समुदाय प्रति र प्रहरी सेवा प्रति उत्तरदायित्व बोध बनाएको थापाले बताउनुभयो ।









