८ मंसीर, पर्वत । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा पर्वत जिल्लाबाट पदम गिरी दोस्रो पटक विजयी भएका छन् । निकटम प्रतिद्धन्द्धी कांग्रेसका अर्जुन जोशीलाई २२६३ मतले पछि पार्दै गिरी विजयी भएका हुन् ।
एमालेका गिरीले पर्वतमा खसेका कुल मत ६६२२६ मध्ये २९८७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जोशीले २७६०९ मत ल्याएका थिए । प्रदेश सभा सदस्य तर्फपनि अन्तिम परिणाम आउन बाँकी रहेको छ । दुवै प्रदेश सभा क्षेत्रमा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।









