मंसिर ५ पर्वत
पर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको छ । पर्वतमा कुल खसेको ६६ हजार २ सय ७३ मत मध्ये प्रतिनिधि सभाको प्रत्यक्ष तर्पm ३ हजार १ सय ४ मत गणना गरिएको छ । जस अनुसार गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई २ सय ९४ मतान्तरले पछि पारेका छन् । जोशीले १ हजार ४ सय ६० मत प्राप्त गरेका छन् भने गिरीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं. १ तर्फ गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार सुदिप कुँवरले १ हजार १ सय २० मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले १ हजार ६४ मत प्राप्त गरेका छन् । कुल गणना भएका २ हजार ६ सय ९ मत मध्ये सुदिप कुँवरले एमालेका भक्त कुँवरलाई ५६ मतान्तरले पछि पारेका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ तर्फ गठबन्धनको तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले २ सय १३ मतले पछि पार्दै अग्रता कायम राखेका छन् । कुल गणना भएको ३ हजार ५ सय ५८ मत मध्ये कांग्रेसका तिवारीले १ हजार ५ सय ५९ र एमालेका बस्यालले १ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार मतगणना कार्य तिब्र रुपमा अघि बढिरहेको र बुधबार बेलुका सम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ ।









