पर्वत, २७ भदौ
पर्वत जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन आइतबार कुश्मा बजारमा लागु औषध सम्बन्धि सचेतनामुलुक कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ । सदरमुकाममा सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख मधुसुदन न्यौपानेले लागु औषधको दुव्र्यसनबाट बच्न युवा वर्गहरु सचेत हुन सक्ने हो भने न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुले समाजका विकृति विसंगतिको उन्मुलन गर्नका लागि समेत पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका संयोजक आर सी पौडेलले युवा वर्गलाई सचेतना दिलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।









