पर्वत, १६ साउन
“मित्रताको माध्यमवाट सेवा” भन्ने मुल आदर्श वोकेको अन्र्तराष्ट्रिय सेवामुलक संस्था रोटरी इन्टरनेशनल, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्र्तगत स्थापित रोट्रयाक्ट क्लव अफ पर्वतको १२औं पदस्थापना समारोह हालै कुश्मा वजारमा सम्पन्न भएको छ । समारोहमा रोट्रयाक्ट क्लव अफ पर्वतका वर्ष २०२१/२२ अध्यक्ष शिव प्रसाद आचार्यले वर्ष २०२२/२३ का अध्यक्ष अर्जुन के.सी. मिसनलाई आफ्नो पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भयो । पद तथा जिम्मेवारीसंगै क्लवका संस्थापक अध्यक्ष मोहन आचार्यले क्लवको चार्टर सर्टिफिकेट वर्तमान अध्यक्ष के.सी.लाई हस्तान्तरण गर्नु भएको थियो ।

पदस्थापना समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले विश्वकै जेठो सेवामुलक संस्था रोटरी इन्टरनेशनलको लक्ष्य प्राप्ती का लागि रोट्याक्टहरुको योगदान सह्रानीय रहेको वताउनु भयो । युवाहरुको नेतृत्व विकास गर्दै उद्यमशिलताका माध्यमवाट आत्मानिर्भर वन्न टेवा पु¥यायउने भएकोले रोट्रयाक्ट युवाहरुको आर्कषणको केन्द्र वनेको वताउनु भयो । युवाहरुले मानवीय सेवामा पु¥याएको योगदानको प्रशंसा गर्दै सेवा र दान आफ्नै कमाईवाट हुनुपर्ने भएकोले सवै युवाहरुलाई रोजगारमुलक उद्यममा लाग्न आह्वान समेत गर्नु भयो ।
पदस्थापना समारोहमा विशिष्ट अतिथिको आसनवाट वोल्दै रोट्रयाक्ट जोन १६ का जेडआरआर सुस्मा प्रसाईले संस्था राम्रो भएर पनि नेतृत्व सक्षम हुन नसकेमा प्रभावकारी नतिजा आउन हुन नसक्ने भन्दै क्लवका नियमित गतिविधीको साथै सदस्यको क्षमता विकासमा विशेष जोड दिनुपर्ने वताउनु भयो । उहाँले रोट्रयाक्ट अन्तर्राष्ट्रिय सेवामुलक संस्था भएकाले सक्षम युवाहरुको पँहुच विश्वव्यापी हुने वताउनु भयो । कार्यक्रममा वोल्दै जोन १७ का जेडआरआर तारा प्रसाद शर्माले आँफू आत्मानिर्भर वन्दै क्लवको माध्यमवाट मानवीय सेवामा समर्पित हुनुपर्ने भन्दै रोट्रयाक्टले आत्मा अनुशासनमा जोड दिने वताउनु भयो ।
कार्यक्रममा रोटरी क्लव अफ पर्वतका अध्यक्ष कृष्ण प्रसाद शर्मा, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष खिममायाँ पाईजा गिरी, रोट्रयाक्ट क्लव अफ वाग्लुङ्गका अध्यक्ष झोकेन्द्र थापा, रोट्रयाक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष सन्तोष क्षेत्री, पुर्व अध्यक्ष अज्युत तिवारी, केदार आचार्य लगायतले क्लवले समाजमा गरेका मानवीय कार्यहरुको प्रशंसा गर्नु भएको थियो ।
आफ्नो कार्यकालको संक्षिप्त उपलव्धीलाई प्रस्तुत गर्दे निवर्तमान शिव आचार्यले कार्यव्यस्तता, कोभिड संक्रमण आदि कारणले अपेक्षा गरे अनुरुप कार्य गर्न नसकेको भन्दै आफ्ना अधुरा कार्यहरुलाई वर्तमान अध्यक्षसंग सहकार्य गरी सम्पन्न गर्ने वताउनु भयो ।
यसै गरी आफ्नो वर्षभरको योजना सहित संक्षिप्त स्वीकारोक्ती मन्तव्य दिनु हुँदै क्लवका अध्यक्ष अर्जुन के.सी. मिसनले विगतमा सुस्ताएको क्लवको गतिविधीलाई क्रियाशिल वनाउदै सदस्यको क्षमता विकास र सामाजिक सेवामा क्रियाशिल योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समारोहमा संस्थाका पुर्व अध्यक्ष विनोद आचार्यले प्रमुख अतिथि प्रसाईको र पुर्व अध्यक्ष राम प्रसाद पौडेल आरसीले क्लवका अध्यक्ष के.सी. को परिचय राख्नु भएको थियो ।
यसरी रोट्रयाक्ट क्लव अफ पर्वतको १२औं पदस्थापना समारोह अर्जुन के.सी. को अध्यक्षता, संस्थापक अध्यक्ष मोहन आचार्यको स्वागत एवम् सचिव सुजन पौडेलको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी इश्वरी प्रसाद शर्माले जानकारी दिनु भएको छ ।







