पर्वत
राष्ट्रिय धान दिवसको अवसरमा नेकपा(एमाले)का भातृसंगठनहरु अखिल नेपाल किसान महासंघ तथा अखिल नेपाल महिला संघ कुस्मा नगर समितिको आयोजनामा कुस्मा नगरपालिकाको कटुवाचौपारीमा रोपाई कार्यक्रम सम्पन्न भएको छ ।
धान उत्पादन बृद्धि गर्न जनचेतना जागृत गराउने उद्देश्यले एमालेका भातृ संगठनले संयुक्त रुपमा रोपाईँ कार्यक्रम सम्पन्न गरेका हुन ।
कृषिमा आधुकिनरणमा जोड दिदै आयोजना गरिएको रोपाई कार्यक्रममा नेकपा(एमाले) गण्डकी प्रदेश सचिबालय सदस्य तथा नेपाल
उत्पिडीत जातिय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले धान रोपेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले धान उत्पादनमा देश आत्मनिर्भर नहुँदा बर्षेनी अर्बौ रुपैयाको चामल आयत गर्नुपर्ने अबस्था रहेको कुरामा चिन्ता ब्यक्त गर्दै कृषिमा आधुनिकरण तथा समयमा मल बिउ उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउनुभयो । कार्यक्रमा नेकपा(एमाले) जिल्ला कमिटी अध्यक्ष राजुप्रसाद पौडेलले कृषक खेतमा पुगेपनि सरकारले मल दिन नसकेको भन्दै नालायक गठबन्धन सरकारले देशलाई श्रीलंका जस्तै टाट पल्टने अबस्थामा पुर्याएको आरोप लगाउनुभयो । कार्यक्रममा किसान महासंघ केन्द्रिय सदस्य मित्रलाल बस्याल, महिला संघ केन्द्रिय सदस्य कमला पन्त, एमाले कुस्मा नगरकमिटिका अध्यक्ष मिनप्रसाद श्रेष्ठ लगायतका नेताले रोपाई कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।
अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीका अध्यक्ष सृजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेमसंघ कुस्मा नगरकमिटी अध्यक्ष अम्बिका शर्मा गर्नुभएको थियो ।







