पर्वत ५ जेठ
फलेवास नगरपालिकाका संस्थापक मेयर पदमपाणी शर्माले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी मतदातालाई धन्यवाद दिएका छन् । मेयर शर्माले आफु प्राविधिक रुपमा दोश्रो कार्यकालका लागि जनमतबाट पछाडि परेता पनि फलेवास नगरको विकास र समृद्धिका लागि आफु कोशेढुंगाका रुपमा स्थापित भएको बताएका छन् ।
फलेवास नगर कमिटिले आयोजना गरेको नगरपालिकामा एमालेबाट प्रतिनिधित्व गरी निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमका अवसरमा आयोजित पत्रकार भेटघाटका क्रममा संस्थापक मेयर शर्माले फलेवासको सवै भन्दा होचो भुभाग देखि अग्लो स्थान सम्म आफुले विकास र समृद्धिको खाका कोरेको र फलेवासलाई देशकै नमुना र विकासमा उत्कृष्ठ नगरपालिकाका रुपमा स्थापित गरेको भन्दै समृद्धिका कार्यहरु देखेर नझस्किन समेत नयाँ नेतृत्वलाई आग्रह गरे । ‘समृद्धि र परिवर्तनकामी कार्यहरुमा हाम्रो छाँया देखिन सक्छ नझस्किनुहोला’ उनले फलेवासमा निर्वाचित नयाँ नेतृत्व सहितका जनप्रतिनिधिलाई पुर्वाधान तथा पर्यटन विकासको क्षेत्रका धेरै अधुरा कार्यहरुलाई पूणर्ता दिन आफ्नो पनि सँधै सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए ।
संस्थापक मेयर शर्माले आफुहरु निर्वाचित भएर आउँदा फलेवासमा सितमुनी बसेर बैठक र निणर्य गर्नुपर्ने अवस्था आएको बताउँदै अब जनप्रतिनिधि सित मुनि बस्न नपर्ने बताएका छन् । फलेवास नगरपालिकाले आफ्नै भवनको जग बसालिसकेको बताउँदै भवन निर्माण सम्पन्न भएपश्चात् पुर्वाधारका क्षेत्रमा फलेवास बलियो हुने शर्माले बताए । शर्माले धुले र कच्ची सडकमा होइन पक्कि सडकमा अबका जनप्रतिनिधि हिड्न पाउने बताए । नगरपालिका संचालन गर्दा दुई जना कर्मचारीबाट शुरु गरिएको फलेवास समृद्धिको अभियान अहिले प्रत्येक शाखामा भरिपुणर् कर्मचारीहरु रहेको र कार्य प्रगतिमा कुनै समस्या नहुने समेत बताए ।
शर्माले पत्रकार सम्मेलनबाट पाँच बर्षे कार्यकालमा सहयोग गर्ने सम्पूणर् फलेवासबासी लगायत अन्य क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरे ।









