पर्वत, ११ फागुन
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा विहिबार पर्वत आउने भएका छन् । पर्वतका व्यवसायीहरुको निम्तोलाई स्वीकार्दै अर्थमन्त्री शर्मा पर्वत आउने कार्यक्रम तय भएको हो ।
पर्वत उद्योग बाणिज्य संघको ३९ औं बार्षिक साधारणसभा उद्घाटन समारोहमा मन्त्री शर्मा पर्वत आउने कार्यक्रम रहेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए । मन्त्री शर्मा बुधबार साँझ पर्वत आइपुग्ने र पर्वतका पर्यटकीय स्थलहरुको अवलोकन सँगै जिल्लाका विकास निर्माणका कार्यमा समेत जिल्लाका व्यावसायीहरु सँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
विहिबार विहान ११ बजे मन्त्री शर्माले पर्वत उद्योग बाणिज्य संघको साधारणसभा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।









