माघ ६, २०७८
पर्वत : लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था प्रेस युनियन पर्वतको अध्यक्षको जिम्मेवारी उत्तम अधिकारीले पाएका छन् ।
अध्यक्षमा रुपमा रहेकी माया अधिकारीले पाएको जिम्मेवारीको समय पूरा भएपछि बिहीबार एक कार्यक्रमको आयोजना गरि मायाले उत्तमलाई जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । प्रेस युनिको पाँचौँ जिल्ला अधिवेसनमा सहमति नभएपछि मतदान भएको थियो । त्यस क्रममा दुवै उम्मेद्वारले समान ३०/३० समान मत पाएका थिए । त्यसपछि गोलाप्रथाको आधारमा कार्यकाल २÷/ वर्ष बाँड्ने निर्णय भएको थियो । गोलाप्रथामा पहिलो कार्यकाल मायाको पक्षमा परेको थियो ।
सोही अनुसार आफ्नो अवधि पूरा भएपछि बाँकी कार्यकालका लागि उत्तम अधिकारीलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो । प्रेस यूनियनको माइन्युट उत्तम अधिकारीलाई हस्तान्तरण गर्दै पदीय जिम्मेवारी सारिएको हो । त्यस क्रममा बोल्दै अध्यक्ष उत्तम अधिकारीले आफ्नो कार्यकालमा प्रेस यूनियनलाई बलियो बनाउन तथा यूनियनमा आस्था राख्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गरी उनीहरुलाई व्यवसायिक रुपमा सफल बनाउन आफूले प्रयास गर्ने बताए ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई बलियो बनाउनको लागि प्रेस यूनियनको भूमिका महत्वपूर्ण हुने बताए ।
प्रेस यूनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाइलीको स्वागतसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव साजन परियारले गरेका थिए ।







