सन्तोष थापा/पर्वत, १८ मंसिर (विहान ८ः०० बजे)
पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने घाइतेको संख्या २३ पुगेको छ ।
प्रहरी स्रोतका अनुसार विरगञ्जबाट बागलुङ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबहाक बसले सडक मजदुर लिएर जाँदै गरेको को १ त ६४२७ नम्मरको ट्याक्टरलाई विहान ७ बजेको समयमा ठक्कर दिएको थियो । मृत्यु हुनेमा उदयपुर घर भई मध्यपहाडी लोकमार्गमा सडक मजदुर काम गर्दै आएका १८ बर्षिय विशाल विक रहेका छन् ।
घाइते मध्ये गम्भिर अवस्थामा रहेका ५ जनालाई पोखरा स्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने १८ जना सामान्य घाइतेहरु पर्वत अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
ट्याक्टरले सडकमा काम गर्नका लागि कार्यस्थलमा मजदुर लैजाँदै गर्दा विरगञ्जबाट यात्रु लिएको आएको बसले ठक्कर दिएको थियो । ट्याक्टरमा २४ जना मजदुरहरु सवार रहेको प्रहरीले जनाएको छ ।









