मङ्सिर ७, २०७८
पर्वत : नेपाली काँग्रेस पर्वतको सभापति पदका लागि तीन जना बिच प्रतिस्पर्धा हुने भएको छ ।
मङ्गलवार हुन लागेको निर्वाचन अघि सोमबार भएको मनोनयनमा सभापतिका लागि महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मिलन सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।
सर्वसम्मतिको आधारमा नेतृत्व सहित पदाधिकारी चयनको प्रयास भएको भए पनि सभापति सहितका सबै पदमा धेरै आकाङ्क्षी रहेका कारण निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने बाध्यता भएको हो । निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको नामावली अनुसार उपसभापतिमा डा. चूडामणि शर्मा, शिवप्रसाद सुबेदी, कमलराज पौडेल र गोविन्दप्रसाद पाध्याको उम्मेदवारी परेको छ । सचिवमा ओमप्रसाद शर्मा घायल, मोहन आचार्य, कमलबहादुर अधिकारी, अशोक उचै ठकुरी, पानबहादुर मल्ल सन्तोष, गुप्तनिधी शर्माको उम्मेदवारी दर्ता भएको छ । यस्तै सहसचिवमा परशुराम पुरी, अच्युत तिवारी, पङ्कजकुमार क्षेत्री सुबेदी, तिलकप्रसाद भुसाल उम्मेदवार रहेका छन् ।
कस्को प्यानलमा को ? हेर्नुहोस्











