पर्वत, ३२ साउन
पर्वत जिल्ला कारागारमा खटिएका सुरक्षाकर्मीहरुलाई व्यवस्थित आवासको प्रबन्ध नहुँदा आफै असुरक्षित बनेर रातदिन सुरक्षार्थ खटिनु पर्ने अवस्था आएको छ । जिल्ला कारागार पर्वतमा रहेको कैदीबन्दीको सुरक्षार्थ बनेको बुर्जाघर जिणर् बन्दै गएपछि सुरक्षाकर्मीलाई समस्या भएको हो ।
२०४६ सालमा तत्कालिन अवस्थामा उपलब्ध प्रविधिबाट बनेको बुर्जा जिणर् बन्दै गएपछि बर्षायाममा त्रासपूणर् वातावरणमा कैदीबन्दीको सुरक्षार्थ खटिनुपरेको कारागार सुरक्षा युनिटका प्रमुख प्रहरी सहायक निरिक्षक सोमबहादुर श्रेष्ठले बताउनुभयो । ‘बुर्जा घरको उपल्लो तलामा बस्नै नमिल्ने अवस्था थियो’ उहाँले भन्नुभयो ‘अहिले आफै केही फल्याकहरु राखेर मर्मत गरी काम चलाएका छौँ’ उनले अर्को बर्ष बजेट माग गरेको कारागार प्रशासनले बताएको र बन्ला कि भन्ने आशामा रहेको बताउनुभयो ।
बर्षायाममा जिणर् भवनमा बसेर रातदिन सुरक्षार्थ खटिनुपर्दा त्रास हुने गरेको सुरक्षाकर्मीहरुको गुनासो छ । लगातार बर्षा भइरहँदा पानी चुहिने र फल्याकहरु झर्ने गरेको सुरक्षा युनिटका प्रमुख श्रेष्ठले बताउनुभयो ।
कारागारमा अहिले ६१ कैदी र ३२ जना थुनुवा गरी ९३ जना कैदीबन्दी रहेका छन् । यो संख्या कारागारको क्षमता भन्दा झण्डै चौगुणा बढी हो । पर्वत कारागारमा २५ जनाको मात्रै क्षमता रहेको छ । ती कैदीबन्दीको सुरक्षार्थ सहायक प्रहरी निरिक्षकको नेतृत्वमा १६ जना सुरक्षाकर्मीहरु कारागारमा खटिएका छन् ।
बुर्जा घर अव्यवस्थित र जिणर् बन्दै गएपछि निर्माणका लागि यस अघिका बर्षहरुमा पनि पटक पटक माग गरिएको र सम्बोधन नभएका कारण यस पटक पुन आबश्यक बजेट विनियोजनका लागि प्राविधिक मुल्याङ्कन सहित सम्बन्धित निकायमा माग गरिएको कारागार प्रमुख जेलर शिला श्रेष्ठले जानकारी दिनुभयो ।









