पर्बत, ५ असार
पर्वतको मोदी गाउँपालिका २ देउपुरका अध्यक्ष विकास तिमिल्सिनाले संक्रमित परिवार भित्रका मृतकका आँफै खटिएर व्यवस्थापन गरेका छन् । शनिवार बिहान मृत्यु भएकी ८० वर्षिया बृद्धाको शव तिमिल्सिनाले व्यवस्थापन गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले पीपीई लगाएर ति बृद्धको शव बोकेर घाटसम्म पुराएर दहासंस्कार समेत गरेका छन् ।
नेपाली सेनाले शव व्यवस्थापनको जिम्मा लिएपनि सेनाको व्यारेक कुश्मामा छ । सेना परिचालन गर्दा उनीहरुका लागि सवारीसाधान, स्वास्थ्य उपकरण व्यवस्थापन लगायत जुटाउनुपर्ने कारणले वडाध्यक्ष आँफैले शव व्यवस्थापनमा सक्रिय रुपमा लागेको बताए । बृद्ध महिलाको छोरा र नातीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
तर मृतक महिलाको भने कोरोनाका लक्षण देखिएपनि परिक्षण नगर्दै मृत्यु भएको मोदी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख उमेश अधिकारीका अनुसार कोरोनाका कारण मोदीमा होम आईसोलेसनमा मृत्यु हुनेको संख्या धेरै छ ।







