पर्वत, २६ साउन
विभिन्न सामाजिक सेवा भावका उद्देश्यले गठित नाग्लिवाङ सेवा समाज काठमाण्डौले हालै एक बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सम्पन्न गरेको छ । समाजले धरभुत स्वास्थ केन्द्र , टोखा नगरपालिका वडा नं -१०, पुणिमा प्लस मेडिकल सेन्टर गोङ्ग्बु ,नया बसपार्क, गन्डकी सपिङ सेन्टर प्रा.लि. गोङ्ग्बु गणेस्थान , नेपाल इन्टरनेशनल हेल्थ सर्भिस जमल काठमाडौं ,र समुन्नत नेपाल फाउन्डेसनको सहकार्यमा उक्त शिविर सञ्चालन गरी सम्पन्न गरेको हो ।
शुक्रवार सम्पन्न उक्त शिविरमा १ सय ४१ जनाले सेवा लिएका थिए । पछिल्लो समय विभिन्न कारण सर्वसाधारणहरुमा उच्च रक्तचाप, मधुमेह लगायतका रोगले ग्रसित भइरहेको सन्दर्भमा यस शिविरलाई अझ महत्वका साथ हेरिएको थियो । समाजले काठमाण्डौमा आयोजना गरेको शिविरमा मुटुरोग, नाक कान, घाँटी तथा अन्य विशेषज्ञहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष भोजबहादुर केसीले चिकित्सकको टोली तथा सहकार्य गर्ने संघ संस्था र आचार्य सोमनाथलाई विशेष धन्यवाद दिदै आगमी दिनमा थप सहकार्य गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।










