पर्वत १४ असोज, ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये १ जनाको शव फेला परेको छ ।
भिषण बर्षात संगै खोलामा आएको बाढिले शनिबार राती ७ बजेको समयमा ग १ ज ६२१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ जना यात्रु वेपत्ता भएका थिए । बर्षातको कारण आएको बाढिले बगाउँदा वेपत्ता भएको जीप भने सोहि खोलाको झण्डै ७ सय मिटर तल फेला परेको छ ।
जीपका पाट्सहरु छरिरहेको रहेको र जीपको मुख्य भाग बाढिले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जीपमा सवार भनिएका ३ जना मध्ये २ जनाअझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जीपमा सवार मध्ये रुपन्देही तिलोत्तमा ९ का गोपाल बस्याल मृत भेटिएका हुन् भने कास्की घर भएका विजय पौडेल र अर्का एक जना पहिचान नखुलेका ब्यक्तिको खोजिकार्य भइरहेको प्रहरलिे जनाएको छ ।
चालकले जीप पार गर्न खोज्दा जीप ढुंगामा अड्किए पछि चालक जीपबाट झरेको र सोहि बेलामा बाढिले जीप बगाएको चालकलाई उद्धत गर्दै प्रहरी श्रोतले जनाएको छ । जीप बगाएको खबरव पाएपछि उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालित भएको थियो ।
बर्षेनी उक्त खोलामा बाढि आउने र पटक पटक सडक अवरुद्ध हुने भएको गत बर्ष देखि मध्य पहाडी लोकमार्ग आयोजना कार्यालयले पक्कि मोटरेवल पुलको निर्माण कार्य शुरु गरेको छ । करिब २५ प्रतिशत मात्र काम सकिएको उक्त पुलको निर्माण कार्य अहिले काम अहिले रोकिएको अवस्थामा छ ।







