पर्वत, १८ कार्तिक
पर्वतका राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको संयोजकत्वमा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु सहितको समन्वय बैठकमा दलहरुले बालबालिकाहरु निर्वाचनमा प्रचारप्रसार र दलगत राजनीतिमा संलग्न र समावेश नगराउने प्रतिबद्धता जनाएका हुन् ।
सो सँगै राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पालना गर्दै शान्तिपुणर् रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।
दलहरुले जुलुस, कार्यक्रम तथा सभा सञ्चालन गर्दा २४ घण्टा अगाडि स्थानीय प्रशासनलाई जानकारी गराउने, निर्वाचन विथोल्न खोज्ने र भड्काउने जस्ता गतिविधि गर्ने सूचना प्राप्त भएमा प्रशासनलाई जानकारी दिने प्रतिबद्धता समेत जनाएका छन् ।







