पर्बत ५ असार
नेपाल पत्रकार महासङ्घ पर्बतले जिल्लामा क्रियाशिल सञ्चारकर्मीलाई प्रेस ज्याकेट उपलब्ध गराएकाे छ । महासङ्घले अन्तराष्ट्रिय पर्बत समाजकाे सहयाेगमा उक्त ज्याकेट बितरण गरेकाे हाे । यस अघि सम्पुर्ण सञ्चारकर्मीलाइ पत्रकार परिचय बितरण गरेकाे शाखाले समाचार सङकल गर्न सहज हाेस् भन्ने उद्देश्यका साथ ज्ाकेट उपलब्ध गराएकाे अधयक्ष सन्ताेष थापाले जानकारी दिनुभयाे ।
अन्तराष्ट्रिय पर्बत समाजसङ्ग सङ्स्थागत सहकार्यका लागि समेत अनुराेध गरिएकाे थापाले बताउनुभयाे । जिल्लामा का्भिड १९ काे महामारीमा झण्डै २५ लाख बराबरकाे स्वास्थ्य सामग्री उपलब्ध गराएकाे अन्तराष्ट्रिय पर्बत समाजले जिल्लाकाे बिभिन्न क्षेत्रमा सहयाेग गर्दै अाएकाे छ ।
समाजका सचिब गुणराज शर्मा पाैडेलले सञ्चार क्षेत्रमा खटिने जिल्लामा क्रियाशिल सञ्चारकर्मीलाई महासङ्घकाे अनुराेधमा सहयाेग प्रदान गरिएकाे जानकारी दिनुभयाे । पत्रकार महासङ्घ पर्बतमा ५४ जना सदस्य अाबद्ध छन् ।









